अमेरिकाविरुद्ध नेपालको शानदार जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
२७६ पटक हेरिएको
Shares
अमेरिकाविरुद्ध नेपालको शानदार जित

सारांश

  •   ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा अमेरिकालाई पराजित गर्दै जारी सिरिजमा पहिलो जित दर्ता गरेको छ।
  •  शनिबार भएको सिरिजको आफ्नो दोस्रो खेलमा अमेरिकालाई नौ विकेटले हराउँदै शानदार जित हात पारेको हो।
  • सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डीएल मेथडमा दुई रनले पराजित भएको थियो।

 

२ जेठ, काठमाडौं । 

ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा अमेरिकालाई पराजित गर्दै जारी सिरिजमा पहिलो जित दर्ता गरेको छ। शनिबार भएको सिरिजको आफ्नो दोस्रो खेलमा अमेरिकालाई नौ विकेटले हराउँदै शानदार जित हात पारेको हो। सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डीएल मेथडमा दुई रनले पराजित भएको थियो।

अमेरिकाले भने जारी शृंखलामा लगातार दोस्रो हार बेहोरेको हो। शृंखलाको पहिलो खेलमा अमेरिका स्कटल्यान्डसँग डीएल मेथडमा दुई रनले नै पराजित भएको थियो। शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छ। शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार पुनः अमेरिकासँग खेल्नेछ। शनिबार अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। अमेरिकाविरुद्ध पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १४५ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। ओडीआईमा पहिलो विकेटका लागि भएको यो दोस्रो ठूलो साझेदारी हो। नेपालको ओडीआईमा समग्रमा यो चौथो ठूलो साझेदारी हो।

कुशलले १२० रनको अविजित पारी खेले। उनले ११८ बलमा १३ चौका र ६ छक्का प्रहार गरे। ओडीआईमा कुशलको यो सर्वाधिक स्कोर हो। यसअघि उनले नामिबियाविरुद्ध ११५ रन बनाएका थिए। कुशलले १०४ बलमा १२ चौका र ३ छक्का सहयोगमा शतक पूरा गरे। ओडीआईमा उनको यो दोस्रो शतक हो। घरेलु मैदानमा भएको लिग–२ सिरिजको पछिल्ला तीन खेलमा उनी बेन्चमा थिए। उनले यसअघि २०२३ मा घरेलु मैदानमा नै लिग–२ सिरिजमा नामिबियाविरुद्ध शतक पूरा गरेका थिए।  अर्का ओपनर आशिफ शेखले ७२ बलमा ७ चौका सहयोगमा ५८ रन बनाए। उनी मोहम्मद मोहसिनको बलमा हरमित सिंहको हातबाट क्याच आउट भए। ओडीआईमा डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे। उनले ३० बलमा १ चौका प्रहार गरे।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदा अलआउट भयो।

ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि पाचौँ ओभरमा १४ रन बनाउँदा स्मितको क्याच ड्रप हुँदा जीवनदान पाएका थिए।

दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले एक सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लूको धरापमा परे। मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने। हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।

कप्तान साइतेजा मुक्कामल्ला चार रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। सञ्जय कृष्णमूर्ति एक रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे।

शुभम रन्जाने दुई रनमा रनआउट भए। मोहम्मद मोहसिन शून्यमै रनआउट भए। नोस्तुस केन्जीके एक रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लू आउट भए।

नेपालका लागि दीपेन्द्रले चार लिए। किफायती बलिङ गरेका उनले ७.३ ओभरमा मात्र २४ रन खर्चे।

सोमपाल कामीले दुई विकेट झारे। उनले सात ओभरमा एक मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल