सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
३५९ पटक हेरिएको
Shares
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी

सारांश

  •   चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ।
  • महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ।
  • चालू आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ।

१ जेठ, काठमाडौं । 

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ।

उक्त कार्यालयका अनुसार चालू आवका लागि चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात् आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ। त्यस्तै, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशतअर्थात् एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च ६५ दशमलव ३० प्रतिशत छ। यो शीर्षकमा चालू आवका लागि सरकारले तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरेकामा हालसम्म दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख बराबर खर्च भएको छ।

वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ। चालू आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा  सरकारले हालसम्म १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख बराबर आम्दानी गरेको हो। यस आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको सरकारले पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशतअर्थात् नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख बराबर मात्रै असुली गरेको छ।  चालू आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको ३३ दशमलव २८ प्रतिशतअर्थात् १७ अर्ब ७८ करोड ७६ लाख बराबर अनुदान लिएको पाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार
धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन