नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३०, २०८३
|
|
११६ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने

सारांश

  • आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले दिने भएका छन् ।
  •  बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ ।

३० वैशाख, काठमाडौँ ।

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ । यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । तर यो पटक रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिएर अर्थमन्त्रीले दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सहमतिमै यस्तो कार्यसूची तय भएको हो ।’ यसअघि संसद सचिवालयको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख थियो । वैशाख २८ गते बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?