कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
आज बसेको बोर्ड बैठकले इलाम-२ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए । दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिंहको निधन भएपछि उपनिर्वाचन हुन । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । नेम्वाङको निधनपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो ।
आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले दुवैबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए । उम्मेदवार चयनमा कांग्रेसको संस्थापनइतर समूहले भने असहमति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment