थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
४२० पटक हेरिएको
Shares
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर

सारांश

  • भारतको तमिलनाडु राज्यमा टीभीके पार्टीका अध्यक्ष सी.
  • जोसेफ थलपति विजयले मुख्यमन्त्रीको शपथ लिएका छन् ।
  • उनले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

२७ वैशाख, काठमाडौं ।

भारतको तमिलनाडु राज्यमा टीभीके पार्टीका अध्यक्ष सी. जोसेफ थलपति विजयले मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएका हुन् । शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका छन् । ती आदेशहरूमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, लागुऔषध समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिला सुरक्षाका लागि विशेष टास्क फोर्स स्थापना गर्ने निर्णय समावेश छन् ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराए । २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो । विजयले बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौजनाले मन्त्री पदको शपथ लिएका छन् । विजयले भारतीय नेशनल कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । शपथग्रहण समारोहमा सहभागी हुन कांग्रेस नेता राहुल गान्धी पनि पुगेका थिए । कांग्रेसले आफ्ना पाँच विधायकसहित टीभीकेलाई समर्थन दिएको थियो ।

शपथग्रहण समारोहमा अभिनेत्री तृषा कृष्णन, तमिल अभिनेत्री सनम शेट्टीलगायत धेरै चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो । यसबाहेक, विजयलाई समर्थन गर्ने विभिन्न दलका नेताहरू पनि समारोहमा सहभागी थिए । राज्यपालले विजयलाई मे १३ भित्र वा सोअघि नै विधानसभामा विश्वासको मत हासिल गर्न निर्देशन दिएका छन् । राज्यका वामपन्थी दल सीपीआई र सीपीआई (एम) र अर्को पाटी भीसीकेले समर्थन दिएपछि गत केही दिनदेखि जारी राजनीतिक अनिश्चितता शनिबार साँझ अन्त्य भएको थियो । समर्थनपछि टीभीकेको समर्थन संख्या १२० पुगेको थियो । त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपाललाई भेटेर समर्थन पत्र बुझाएका थिए । हालै सम्पन्न विधानसभा चुनावमा टीभीकेले १०८ सिट जितेको थियो, बहुमतका लागि ११८ सिट आवश्यक हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध