रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
३२९ पटक हेरिएको
Shares
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

सारांश

  • रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ ।
  • बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
  • सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

२३ वैशाख, रामेछाप ।

रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ । बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार बगाएका डाइभर्सन पुनः निर्माण गर्ने काम तीव्र रूपमा भइरहेको छ । बाढीका कारण धेरै स्थानका डाइभर्सन बगाएका छन् र मर्मत कार्य जारी रहेको छ। आज पनि मर्मत कार्य जारी रहने जनाइएको छ। थप वर्षा नभए भोलिदेखि खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड सञ्चालनमा आउने अपेक्षा गरिएको छ। निरन्तर वर्षाका कारण जोखिम बढेपछि उक्त सडक खण्डमा मंगलबारदेखि साँझ ५ बजेबाट बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गयो
बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गयो
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै