२६ जेष्ठ २०८२, आईतवार

हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान

२१ चैत, हेटौंडा। ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाइरहेका नेता राजेन्द्र महतोले आज हेटौंडामा जनप्रदर्शन गर्दै छन् ।

हेटौंडाको बुद्ध चोकबाट महतोको नेतृत्वमा आज दिउँसो जनप्रदर्शन हुने लागेको अभियानका नेता बुद्ध छिरिङ मोक्तानले जानकारी दिए । उनका अनुसार देशको उत्पीडित जातजातिहरूले अझै पनि आफ्नो हक अधिकार नपाएको भन्दै जनप्रर्दशन गर्न लागिएको हो । मोक्तानले पटक-पटक तामाङ जातिहरूले आफ्नो अधिकार तथा पहिचानको लागी माग गर्दै आन्दोलन गरे पनि सफल नभएको बताए । त्यसैले ताम्सालिङ राज्य स्थापनाको लागि शान्तिपूर्ण जनप्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।

उनका अनुसार अभियानले नेपालमा तामाङ राष्ट्र, च्योबाङ राष्ट्र, नेवा राष्ट्र, चौधरी राष्ट्रजस्ता राष्ट्रहरूको रूपमा बहुल राष्ट्र रहेको बताउँदै त्यसका लागि जनप्रदर्शन गर्न लागेको हो ।​ जनप्रदर्शनमा प्रमुख वक्ताको रुपमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान राष्ट्रिय संयोजक राजेन्द्र महतो रहेका छन् । महतोको अगुवाइमा अभियानले फागुन १६ गते जनकपुर र मलंगवामा प्रदर्शन गरेको थियो । साथै अभियानले पूर्वको मेचीदेखि कन्चनपुरसम्म प्रशिक्षण कार्यक्रमसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?