रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
९७ पटक हेरिएको
Shares
रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

सारांश

  • काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसबाट ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।
  • सोमबार राति एक्कासी बाढी आएपछि बीच खोलामा माइक्रो बसमा यात्रीहरु फसेका थिए ।
  • ती सवारी साधन र यात्रीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।

२२ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसबाट ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।

सोमबार राति एक्कासी बाढी आएपछि बीच खोलामा माइक्रो बसमा यात्रीहरु फसेका थिए । ती सवारी साधन र यात्रीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले सबै यात्रुहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए । डोरी र र्‍याफ्टिङ बोटको सहायताले यात्रुहरुकोउद्धार गरेको उनले बताए ।

यात्रीहरुको उद्धार गर्न जिल्ला प्रहरी प्रमुख शाहसहित सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना लगायतको टोली खटिएको थियो । वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त भएकाले सवारी आवागमन प्रभावित भएको छ ।

काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रमा अत्याधिक वर्षापछि श्रीखण्डपुरमा फसेको एक स्कुल बसबाट ३५ जना विद्यार्थीहरूको उद्धार गरिएको थियो । उनीहरुलाई सशस्त्र प्रहरी बल १५ नम्बर गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक
बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर