३४ अंक घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
३०९ पटक हेरिएको
Shares
३४ अंक घट्यो सेयर बजार

सारांश

  • साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.
  • ६३ अंक घटेको छ ।
  • यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ ।

२१ वैशाख, काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाएपनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो । आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक विदाका कारण बन्द रहेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो । २७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रह्यो ।

माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो । तीन समूह जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे । फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्ते झापा इनर्जीको ७ .९९ प्रतिशत बढ्यो । आज मूल्य बढ्नेमा ऋणपत्र अगाडि रहे । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो । माइखोला हाइड्रोपावरको ८.५९, नारायणी डेभलपमेन्ट बैंकको ८.५६ तथा साल्पा विकास बैंकको ८.०१ प्रतिशत मुल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै