राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
६३० पटक हेरिएको
Shares
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।
  •  स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हो ।
  •  सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

१९ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले यसअघि सहकारी र खरिदसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संवैधानिक परिषद्सहितका अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको थियो । उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् । उनले केही कानुनविद्हरूलाई शीतलनिवास बोलाएर अध्यादेशमाथि छलफल पनि गरेका थिए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अधयादेश भने आजको निर्णय भएको सूचीमा छैन । स्रोतले भन्यो, ‘शुक्रबार र शनिबार भएका निर्णयहरूमा त्यो अध्यादेश छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
ओलीले बोलाए सचिवालय बैठक
ओलीले बोलाए सचिवालय बैठक
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण