अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
२५३ पटक हेरिएको
Shares
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् ।
  • बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।
  • आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

१७ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।

आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भईरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए।

राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गरेका बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको बताउदै बुद्धले देखाएका चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीहरूको दुःखबाट मुक्तिको बाटो देखाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ