राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

सारांश

  • सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ ।
  • मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
  • सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दै छ ।

२० चैत, काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दै छ । यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ । यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
विस्तारा एअरलाइन्सले सोमबार अन्तिम पटक उडान गर्ने
विस्तारा एअरलाइन्सले सोमबार अन्तिम पटक उडान गर्ने
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध
भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध