मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
५ पटक हेरिएको
Shares
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो

सारांश

  • भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ।
  • मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
  • सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जेसिबी प्रयोग गरिएका थिए।

१५ वैशाख, काठमाडौं ।

भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जेसिबी प्रयोग गरिएका थिए। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो। शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो। सुुकुमवासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।। आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए। आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ