सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १३, २०८३
|
|
४६९ पटक हेरिएको
Shares
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।
  • चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँ स्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
  • विशेष गरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबिच विचार विमर्श भएको थियो ।

 

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् । चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँ स्थित चिनियाँ राजदूतावासले जनाएको छ । विशेष गरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबिच विचार विमर्श भएको थियो ।

साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भएको छ । त्यसै गरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । छलफलमा नेपाल–भारतबिचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवद्र्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ
बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु