इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा

सारांश

  • इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् ।
  • यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन् ।

१२ काठमाडौं ।

इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले प्रत्यक्ष वार्ता गर्न इच्छा देखाएपछि अमेरिकी टोली पठाउन लागिएको जानकारी दिइन् । आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेटघाट गर्ने कार्यक्रम छ । पाकिस्तानको भ्रमण सकेपछि उनी क्षेत्रीय भ्रमणकै सिलसिलामा ओमान र रुस प्रस्थान गर्नेछन् । अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने
आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा