Press 4K
शुक्रबार, ११ बैशाख २०८३

नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणासार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई आफ्नो सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् ।
  • प्रधानमन्त्री शाहले यो समस्या वर्षौँदेखिको स्थायी चुनौती भएको बताउँदै यसलाई आगामी वर्षहरूका लागि थाती नराखी प्रभावित नागरिकहरूको सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

११ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणासार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई आफ्नो सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले यो समस्या वर्षौँदेखिको स्थायी चुनौती भएको बताउँदै यसलाई आगामी वर्षहरूका लागि थाती नराखी प्रभावित नागरिकहरूको सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले बारम्बार यस विषयमा आवाज उठाउँदै आएको पनि जनाएका छन् ।

उनका अनुसार जोखिमयुक्त स्थानमा नागरिकलाई यथावत् बस्न दिँदै दुर्घटनाको प्रतीक्षा गर्नु गैरजिम्मेवार कदम हुने बताउँदै उनले सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै नागरिकको अधिकार भएको स्पष्ट पारेका छन् । साथै, यस्तो अवस्थालाई राजनीतिक लाभ र भोटको विषय बनाउनु उपयुक्त नहुने पनि उनले संकेत गरेका छन् ।प्रधानमन्त्री शाहले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीहरूले ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुर्याएको र यसका कारण उपत्यकाका नदीहरू प्रदूषित बन्दै गएको बताएका छन् । यस समस्याको समाधानका लागि थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका जोखिमपूर्ण बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनले आफूले अघिल्लो राजनीतिक यात्रादेखि नै गरेका प्रतिबद्धताहरू सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । यस सन्दर्भमा देशभर रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना पनि अघि सारिएको छ । प्रधानमन्त्री शाहले देशभरका सुकुम्बासी समस्या र काठमाडौंका नदीकिनारका बस्तीको अवस्था फरक रहेको उल्लेख गर्दै दुवैलाई छुट्टाछुट्टै दृष्टिकोणबाट समाधान गरिने बताएका छन् । वर्षौँदेखि जटिल बनेको यो समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गर्दै उनले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ
बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...