Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
३७२ पटक हेरिएको
Shares
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर

सारांश

  • तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।
  • पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो ।
  • दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो ।

 

११ वैशाख,पोखरा ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ । पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । बसमा ३२ जना सवार थिए ।

दुर्घटनामा घाइतेको उपचारकै क्रममा २ जनाको ज्यान गएको र उनीहरुको थप परिचय संकलनकै क्रममा रहेको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उपचार केन्द्रमै रहेका पत्रकार विनोद ढुंगानाका अनुसार १ जनाको त्यहीँ उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भइसकेका छन् ।

 

घाइते २७ जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, शवबहान, ट्याक्सी, माइक्रो लगायतमा गरेर थप उपचारका लागि मणिपाल पु¥याइएको पत्रकार ढुंगानाले जानकारी दिए । घाइतेलाई घटनास्थलबाट स्कुल बसमा अस्पतालसमम पुर्‍याइएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।
मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै