प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल

सारांश

  • प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् ।
  •   थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशी छलफलमा रहेका छन् ।
  • त्यसअघि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गरेर समन्वय गर्न आग्रह गरेका थिए ।

 

१० वैशाख,काठमाडौँ ।

प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् ।  थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशी छलफलमा रहेका छन् ।

त्यसअघि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गरेर समन्वय गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म केहि जानकारी आएको छैन, सीडीओसाब सँग छलफल भइसकेको छ । अब महानगरले सङ्घीय सरकारले तयारी गरेको काममा सहजीकरण र समन्वय गर्छ । त्यसैको लागि अहिले छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक वडाध्यक्षले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?