इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ

सारांश

  • इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कुटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन् ।
  • उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिँदै भने इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो ।
  • इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए ।

१० वैशाख,काठमाडौं ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कुटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन् ।

उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिँदै भने इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो । इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए ।

वक्तव्यमा भनिएको छ, ‘इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि कानुनी जवाफदेही बनाउनेछ र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्नेछ । फार्स समाचार एजेन्सीका अनुसार बघाईले अगाडी भनेका छन्, ‘इरानी व्यापारिक जहाजहरूमा आक्रमण र तिनीहरूलाई जफत गर्नुले गम्भीर रूपमा कुटनीतिमा संलग्न देशको व्यवहारलाई प्रतिबिम्बित गर्दैन।

इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनले बताए । युद्धरत पक्षहरूबीच ४० दिनको लडाईपछि अप्रिल ८ युद्धविराम लागू भएको थियो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने बताएका छन् । पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको छ, जसको पहिलो चरणको आयोजना अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो ।इरानको तस्निम न्यूज एजेन्सीले संयुक्तराज्य अमेरिकासँग बुधबार पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी तेहरानको निर्णय ‘निश्चित’ भएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : सुदन किराँती
नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : सुदन किराँती
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति