Press 4K
बुधबार, १३ श्रावण २०८३

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१९५ पटक हेरिएको
Shares
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् ।
  • निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् ।
  • आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

९ वैशाख,काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् । आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोसी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो । पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा गरेको छ । साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ ।

कांग्रेसको कोसी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिइन् । कांग्रेसले प्रदेश स्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जीतको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको छ । विराटनगरको कार्यक्रमलाई कोसी प्रदेश कांग्रेसको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार
पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...