Press 4K
बुधबार, ९ बैशाख २०८३

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
७ पटक हेरिएको
Shares
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सारांश

  • नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।
  • पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका छन् ।
  • संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममामा केही प्रावधानहरू संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो ।

 

९ वैशाख,काठमाडौं ।

नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका छन् ।

संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममामा केही प्रावधानहरू संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए । समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत् छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला कांग्रेसले पनि गृहकार्य सुरु गरेको हो । सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए । उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ । कांग्रेसले बनाएको समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा संविधानविद् राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र बहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली
विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा
विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री
‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...