१४ असार २०८२, शनिबार

संवैधानिक परिषद्को बैठक बस्दै

१८ चैत, काठमाडौं। संवैधानिक परिषद्को बैठक आइतबार बिहान बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे परिषद्को बैठक बस्न लागेको हो। आज बस्ने बैठकले रिक्त रहेका संवैधानिक निकायहरूको पदपूर्ति गर्ने कार्यसूची रहेको उपसभामुख इन्दिरा रानाले बताइन्। आज बस्ने बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना रहेको छ।

महालेखा परीक्षक लामो समयदेखि रिक्त छ। अहिले बामदेव शर्मा अधिकारी कार्यवाहक महालेखा परीक्षक तोकिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने परिषद्मा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment