नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२१२ पटक हेरिएको
Shares
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सारांश

  • नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ ।
  • सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिए ।
  • यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

 

८ वैशाख, नेपालगञ्ज ।

नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ । सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिए । यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ । मूर्ति निर्माण गर्ने कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमान मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गरे । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई जोडने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको जानकारी दिए । यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उनले अयोध्यासँगको जोड्ने सके धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गर । “यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ” नगरप्रमुख विष्टले भने ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस पवित्र स्थानमा भौतिक संरचनाको विकास भएकोमा खुसी व्यक्त गर्दै त्रेता युगमा श्रीराम हनुमानजीको अनन्य भक्त भएर अधर्मको नाश गरेको बताए । “त्यस युगमा अधर्मको नास गर्न हनुमानजीले एउटा चमत्कार नै गर्नुभएको छ, त्यसैले यसको महत्व अहिले पनि वढदै गएको छ”, उनले भने । ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले हनुमानगढीको महिमा झन बढेको महन्त गिरीको भनाइ छ । हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको १०८ फिट अग्लो हनुमानको सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ । यस स्थानमा बर्सेनि हनुमान जयन्तीमा उत्सव हुने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख