कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
२३४ पटक हेरिएको
Shares
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोंच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।
  • खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
  •  उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बुधबार बहस गरेका थिए ।

२ वैशाख, काठमाडाैँ ।

सर्वोंच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो । उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बुधबार बहस गरेका थिए ।  त्यस्तै नायवमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए ।

सर्वोच्चले यस मुद्दाको पेसी भोलि बिहीबारका लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ ।  खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो । जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल