सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
३२७ पटक हेरिएको
Shares
सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

सारांश

  • सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ ।
  •  मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।
  • मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ ।

२ वैशाख, काठमाडौँ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ ।

नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको कारण भएमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ । यो व्यवस्थालाई प्रभावकारी बनाउन सबै कर्मचारीसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई सोको सुनिश्चितता गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
६ वटा संसदीय समितिको बैठक बस्दै
६ वटा संसदीय समितिको बैठक बस्दै
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ