Press 4K
बुधबार, १३ श्रावण २०८३

मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१६२ पटक हेरिएको
Shares
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु

सारांश

  • मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
  • हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।
  • शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दैघरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

 

२९ चैत,काठमाडौं ।

मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दैघरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

 

खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुरÞ्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...