त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
१३५ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

सारांश

  • त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ ।
  • काठमाडौं महानगरपालिकाका अनुसार वडा नं.
  • ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।

 

२४ चैत,काठमाडौं ।

त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।

वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण हो ।यस्ता उपकरण सार्वजनिक स्थानमा उपलब्ध हुनु आपत्‌कालीन स्वास्थ्य सुरक्षातर्फको ठूलो कदम भएको उनले बताए । महानगरपालिकाले यस कार्यको समन्वय र कार्यान्वयनका लागि हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया नेपाल र त्रिभुवन विमानस्थललाई धन्यवाद भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?