Press 4K
मंगलबार, २४ चैत्र २०८२

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र २४, २०८२
|
|
१३० पटक हेरिएको
Shares
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

सारांश

  •   २४ चैत,काठमाडौं ।
  • अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ ।
  • अर्थमन्त्री डा.

२४ चैत,काठमाडौं ।

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं.४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् ।उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा पाउनेछन् ।

त्यस्तै केन्द्रीयस्तरका कार्यालयका पुल सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् ।थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ । यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो ।त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक, यात्रा कष्टकर
एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक, यात्रा कष्टकर

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...