Press 4K
आइतबार, १८ आश्विन २०८३

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
५५ पटक हेरिएको
Shares
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

सारांश

  • स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ ।
  • प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

२० चैत,काठमाडौं ।

स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

स्थानीय तहहरूमा लामो समयदेखि निमित्तको भरमा प्रशासन सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ, जिम्मेवारीको अन्योल तथा सेवा प्रवाहमा कमजोरी देखिँदै आएको थियो। यही अवस्थालाई सुधार गर्न सरकारले ‘निमित्त अन्त्य’ अभियानलाई तीव्र बनाएको हो । मन्त्री प्रतिभा रावलले पदभार सम्हालेपछि स्थानीय तहको प्रशासनिक संरचना सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिएकी छन्। यसअघि नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाउने काम सुरु भइसकेको थियो भने अहिले सोही प्रक्रिया गाउँपालिकासम्म विस्तार गरिएको छ ।

मन्त्रालयका अनुसार अझै केही स्थानीय तहमा निमित्त प्रणाली कायम रहेकाले चरणबद्ध रूपमा सबै स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था बनाउने योजना अघि सारिएको छ।सरकारको विश्वास छ कि यस कदमले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र जवाफदेही बनाउनेछ। स्थायी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएपछि विकास निर्माणका काम, प्रशासनिक निर्णय र सेवा वितरणमा गति आउने अपेक्षा गरिएको छ। सरुवाका लागि एउटै निकायमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थानीय तहमा कार्य अनुभव नदेखिएका, घर ठेगाना मिल्ने तथा सेवा प्रवाह सुधारका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई आधार बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास लेख्दै गरेको अवस्थामा १७ जना पक्राउ
जुवातास लेख्दै गरेको अवस्थामा १७ जना पक्राउ
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
टिपर दुर्घटनामा एकको मृत्यु
टिपर दुर्घटनामा एकको मृत्यु
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...