Press 4K
सोमबार, १० कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
५२ पटक हेरिएको
Shares
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

सारांश

  • कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो ।
  • यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।
  • कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

 

सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ६ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
प्रधानमन्त्रीको भ्रमणअघि न्युयोर्क उडे परराष्ट्रमन्त्री शिशिर खनाल
प्रधानमन्त्रीको भ्रमणअघि न्युयोर्क उडे परराष्ट्रमन्त्री शिशिर खनाल
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...