एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

सारांश

  • नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।
  • मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
  • उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

१९ चैत, काठमाडौं ।

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने पनि निर्णय भएको छ । साथै बैठकले नेकपा एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
आइतबार सार्वजनिक बिदा
आइतबार सार्वजनिक बिदा
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
उदयपुर सिमेन्टको सबै खाता रोक्का, २२ कर्मचारीको तलब रोकियो
उदयपुर सिमेन्टको सबै खाता रोक्का, २२ कर्मचारीको तलब रोकियो