मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
६० पटक हेरिएको
Shares
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् ।
  • मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी हुन् ।
  • उनले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताइन् ।

१७ चैत, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् । मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी हुन् ।

उनले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताइन् । कुन महाशाखामा कुन काम कुन चरणमा छ भन्ने स्पष्ट जानकारी राखिनेछ भने अन्य मन्त्रालयबाट आएका पत्रहरूको फछ्यौट प्रक्रिया तत्काल सुरु भएको छ वा छैन भन्ने पनि सुनिश्चित गरिने उनले बताइन् । त्यस्तै, अपूर्ण कागजात वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरू प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि छिटो बनाइनेछ मन्त्री गौतमले बताइन् । मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाबाट हुने काम तोकिएको समयसीमाभित्र सम्पन्न नभए त्यसका कारणहरूबारे नियमित रूपमा जानकारी संकलन र समीक्षा गरिने उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा (तस्वीरहरु)
पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा (तस्वीरहरु)