प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

सारांश

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।
  • जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।
  • आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए ।

१४ चैत, काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।

आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भनेका थिए ।

उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताए । ‘यो पक्राउको कानुनी आधार छैन, प्रथम दृष्टिमै यो गलत छ’ वरिष्ठ अधिवक्ता भट्टराईले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?