सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको छ।
  • आइतबार रास्वापाका चार मन्त्री र उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा.
  • मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ।

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको छ।

आइतबार रास्वापाका चार मन्त्री र उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ। आज बिहान बसेको यही बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो। त्यस्तै मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभवीहरूको सघाउ समूह बनाउने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी दिए। राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको उनले बताए।

‘यस्ता नियुक्ति ‘जान्नेलाई छान्ने’ पार्टीको अवधारणाअनुसार समावेशीतालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइने निर्णय गरिएको छ,’ उनले भने। आज बसेको दोस्रो बैठकले मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीलाई पनि समीक्षा गरिएको उनले बताए।  मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्यूनतम कार्यक्रमका बारेमा छलफल गरिएको पनि उनले बताए।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन जारी
शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन जारी