Press 4K
मंगलबार, ३० भाद्र २०८३

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु

सारांश

  • बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ ।
  • यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।
  • एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो ।

९ चैत,बाजुरा ।

बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।

एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् । डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थिए । उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।

बाजुरामा उपचार गर्न समस्या भएपछि थप उपचारको लागि तत्काल उद्धार गर्न हेलिकप्टर मगाएर बाहिर जिल्ला पठाइएको थियो । उनका परिवार र स्थानीयबासीले बाँच्ने उनलाई आशा राखेपनि आशा निराशामा परिणत भई आमासहित शिशुको मृत्यु भएको हो ।चिकित्सकहरूले अथक प्रयासका बाबजुद पनि आमा र नवजात शिशु दुवैलाई बचाउन सकेनन् । घटनाले बाजुरा जस्तो दुर्गम तथा पिछडिएको क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरु यथावत् रहेको देखाएको हो। आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद घटनाहरु दोहोरिने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...