Press 4K
सोमबार, १७ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।
  • सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ ।
  • यो सामान्य कुरा होइन ।

९ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’

उनले भने, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ । तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ । हामी पनि सम्झिइरहनेछौँ । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ । तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।’ प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।

‘अहिले देश रोएको छ । तपाईँ युवाहरूसँग देशवासीले ठुलो अपेक्षा गरेका छन् । तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्न्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दो रहेछ ।’ भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो । सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे । उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...