८ चैत्र २०८२, आईतवार

वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध

७ चैत, नवलपरासी पूर्व ।

वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

७ चैत, नवलपरासी पूर्व । वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो । नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूदा मालवाहक सवारी चलाउनल रोक लगाइएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो । कार्यालयका अनुसार ठूला मालवाहक सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ । यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ ।

सडक विस्तार र मर्मतको काम चलिरहेको दाउन्ने सडक खण्डमा वर्षाका कारण सडक चिल्लो भई ठूला मालवाहक सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि यस्तो निर्णय गरिएको योजनाले जनाएको छ । दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधन सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो । आज उक्त राजमार्ग पनि सिद्धबाबा क्षेत्रमा पहिरो गएपछि अवरुद्ध भएको छ ।

Post Comment

छुटाउनुभयो कि ?