जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२४१ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका

सारांश

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।
  • प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो।
  • सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो।

६ चैत,काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो। वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्न प्रशासनले आग्रह गरेको छ ।

आवेदन दिन उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र ल्याउन र घाइते व्यक्ति स्वयं उपस्थित हुन भनिएको छ । प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ। यसअघि २०८२ मंसिर ५, मंसिर १२ र माघ १८ गते अधिकांश घाइतेको वर्गीकरण सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै