नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
६ चैत,काठमाडौं ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ विहीबार महाधिवेशन सुरू भएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका हुन् । नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी छ ।् महाधिवेशनको शुक्रबार स्वयम्भुमा बन्दसत्र सुरु हुने र २१ सदस्यीय नयाँ कार्य समिति चयन हुनेछ ।
विहीबारको उद्घाटन शत्रमा मुख्यमन्त्री बाँनियाले देशको समृद्धि र सुशासनका लागि कर्तव्यको मुद्दालाई सशख्तरुपमा अघि बढाउन आवश्यक रहेको भन्दै आदिबासी समुदायलाई अधिकारको मुद्दाभन्दा कर्तव्यको मुद्दा बोक्न आव्हान गरेका थिए । राज्यबाट पछाडि पारिएका र परेका समुदायको भलाई र अधिकार सुनिश्चित्ताका लागि मानवअधिकार आयोगलाई सुविधा सम्पन्न बनाउन आवश्यक भएको तर संवैधानिक अन्य आयोगको खाँचो नरहेको उनको तर्क छ ।
नेपाल आदिबासी जनजाति महासंघ ९नेफिन० का अध्यक्ष गेल्जे लामा शेर्पाले आदिबासी अधिकारका लागि आदिबासी एकताको खाँचो भएको बताए । संविधानले सुनिश्चित गरेको अधिकारको रक्षा गर्दै थप अधिकारका लागि एकतावद्ध रुपमा संघर्ष गर्ने उनले बताए । पूर्वमन्त्री सीता गुरुङले राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन आवश्यक रहेको भन्दै राज्यलाई त्यसमा गम्भीर बन्न आग्रह गरिन् ।



Post Comment