इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
१७२ पटक हेरिएको
Shares
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण

सारांश

  • मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ ।
  • इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ ।
  • कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो ।

 

५ चैत, काठमाडौं ।

मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ । कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो । आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ ।

यो घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसीले जनाएको छ । कतारको गृह मन्त्रालयले केही घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जनाएको छ । कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ जारी राखेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । यसअघि इरानसँग सम्बन्धित समाचार एजेन्सीहरूले जनाएको अनुसार, दक्षिण फार्स क्षेत्रमा रहेका पेट्रोकेमिकल संरचनामाथि हवाई आक्रमण भएको थियो । यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ, जसलाई इरान र कतार दुवैले उपयोग गर्दै आएका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणको निन्दा गर्दै यस्तो गतिविधिले ‘नियन्त्रण बाहिर जाने परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले यो द्वन्द्वले विश्वव्यापी असर पार्न सक्ने सम्भावना औंल्याएका छन् ।

यता, फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँले ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण नगर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले ऊर्जा आपूर्ति र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । क्षेत्रीय द्वन्द्वको अवस्थाले तेल बजारमा समेत असर पारेको छ । स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन प्रभावित भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ । यसैबीच, साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गरी पठाइएका ड्रोनहरू खसालिएको दाबी गरेको छ भने राजधानी रियाद नजिकै एक रिफाइनरी आसपास ब्यालिस्टिक मिसाइलको अवशेष फेला परेको जनाएको छ । तीन सातादेखि जारी इरान–इजरायल द्वन्द्वमा दुवै पक्षका उच्च तहका अधिकारीहरू मारिएको दाबीहरू भइरहेका छन् । इजरायलले इरानका उच्च अधिकारीलाई लक्षित आक्रमण जारी राख्ने संकेत दिएको छ भने इरानले बदला लिने चेतावनी दोहोर्याएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प
मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश