‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
२७७ पटक हेरिएको
Shares
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए

सारांश

  • बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् ।
  • फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ ।
  • तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मात्र दिएनन् ।

 

१ चैत,काठमाडौं ।

बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ । तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मात्र दिएनन् । बरु सामाजिक मुद्दा र गहिरो भावनात्मक कथालाई पर्दामार्फत जनतासम्म पु¥याउन योगदान गरे । आमिरको जन्मदिनको अवसरमा उनका ती पाँच फिल्महरूको चर्चा अहिले व्यापक छ, जसले उनलाई बलिउडको एक निर्विकल्प सुपरस्टारका रूपमा स्थापित गरे ।

कयामत से कयामत तक सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मले आमिरलाई बलिउडमा मुख्य नायकको रूपमा जन्म दिएको थियो । मन्सुर खानद्वारा निर्देशित यस दुखान्त प्रेमकथामा आमिर र जुही चावलाको जोडीलाई दर्शकले निकै रुचाएका थिए   न्दाज अपना अपना सुरुवातमा बक्स अफिसमा औसत व्यापार गरे पनि यो फिल्म पछि गएर बलिउडको ‘कल्ट क्लासिक’ बन्यो । सलमान खान र आमिर खानको हास्यपूर्ण जुगलबन्दी रहेको यो फिल्म आज पनि दर्शकहरूलाई उत्तिकै हँसाउन सफल छ ।

लगान ग्रामीण भारतको कथा र क्रिकेटको माध्यमबाट राष्ट्रवादको भावना जगाउने यो फिल्म आमिरको करियरको सबैभन्दा महत्त्वाकांक्षी प्रोजेक्ट मानिन्छ । यसले ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्मको श्रेणीमा मनोनयन पाएर अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको थियो । दिल चाहता है फराहन अख्तरको निर्देशनमा बनेको यो फिल्मले बलिउडमा मित्रता र आधुनिक सम्बन्धलाई हेर्ने दृष्टिकोण नै बदलिदियो । तीन साथीको जीवन र प्रेममा आधारित यस फिल्मले तत्कालीन युवा पुस्तामा ठूलो प्रभाव पारेको थियो । रङ्ग दे बसन्ती द शभक्ति र युवा चेतनाको कथा बोकेको यस फिल्ममा आमिरले ‘डीजे’ को भूमिका निभाएका छन् । स्वतन्त्रता सेनानीहरूको कथालाई आधुनिक परिवेशसँग जोडेर सामाजिक परिवर्तनको सन्देश दिने यो फिल्म आमिरको करियरको अर्को एउटा कोशेढुङ्गा साबित भयो ।

थ्रि इडियट  नले अभिनय गरेको अर्को चर्चित फिल्म थ्रि इडियट हो । राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्म सन् २००९ मा प्रदर्शनमा आएको थियो र प्रदर्शनपछि तत्कालै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । यस फिल्ममा आमिर खानले ‘रणछोडदास श्यामलदास चांचड (रान्चो)’ नामक पात्रको भूमिका निभाएका छन् । फिल्मको कथा तीन इन्जिनियरिङ विद्यार्थीको जीवन, मित्रता, शिक्षा प्रणालीको दबाब र सपनाको खोजी वरिपरि घुम्छ । यसमा आमिरसँगै करिना कपुर, आर. माधवन र शर्मन जोशीले मुख्य भूमिका निभाएका छन् ।

 

 

यो फिल्म भारतीय शिक्षा प्रणालीमा हुने अत्यधिक प्रतिस्पर्धा, अंकको दबाब र सिर्जनात्मक सोचलाई दबाउने प्रवृत्तिमाथि व्यंग्य गर्दै सकारात्मक सन्देश दिन सफल भएको थियो । यो फिल्म त्यस समयको सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्ममध्ये एक बनेको थियो र विश्वभर दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । फिल्मले मनोरञ्जनसँगै शिक्षाप्रणाली र युवाको सपनाबारे महत्वपूर्ण बहससमेत सिर्जना गरेको मानिन्छ । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
चार सांसद चढेको गाडी दुर्घटना,
चार सांसद चढेको गाडी दुर्घटना,
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति