ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२४५ पटक हेरिएको
Shares
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर

सारांश

  • मध्यपूर्वमा इजरायल-अमेरिका र इरानबिच युद्ध चलिरहँदा विश्वभर पेट्रोलियम पदार्थको संकट चुलिएको छ ।
  • जसको प्रभावबाट नेपाल पनि अछुतो छैन ।
  • बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव सुरु भइसकेको छ ।

३० फागुन,सिरहा ।

मध्यपूर्वमा इजरायल-अमेरिका र इरानबिच युद्ध चलिरहँदा विश्वभर पेट्रोलियम पदार्थको संकट चुलिएको छ । जसको प्रभावबाट नेपाल पनि अछुतो छैन । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव सुरु भइसकेको छ । सरकारले अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर ग्यासको अवधारणा अभ्यासमा ल्याएको छ । तैपनि उपभोक्ताले सहज ग्यास पाउन सकेका छैनन् । यो संकट लम्बिँदै जाँदा सहरवासी कसरी खाना पकाउने भन्ने चिन्तामा छन् । तर, तराई-मधेशका गाउँवासीलाई भने त्यो समस्याले कहीँ कतै पनि छोएको छैन । किनभने यहाँका गाउँवासीलाई खाना पकाउन ग्यासको जरुरत नै छैन ।

मधेशका गाउँमा परम्परागत रूपमा नै गोइँठा-गोबर खाना पकाउने ऊर्जाको मुख्य स्रोतका रूपमा प्रयोग हुँदै आएको छ । मधेशका गाउँ-टोलमा अहिले घरको आँगन, छाना, भित्तो तथा खेत–चौरमा सुकाउन राखेका गोइँठाको चाङ देखिन्छ । तिनै गोइँठा यहाँको खाना पकाउने ऊर्जाका मुख्य स्रोत हुन् । पशुपालनसँग जोडिएको ग्रामीण जीवनशैलीका कारण गोबर सजिलै उपलब्ध हुन्छ । त्यही गोबरको प्रयोगबाट स्थानीयले गोइँठा बनाउँदै आएका छन् । यही कारण सहरमा ऊर्जा संकट त्रास फैलिरहेका बेला मधेशका गाउँवासी भने निर्धक्क छन् । उनीहरूको चुल्हो कम्तीमा ऊर्जा अभावकै कारण निभ्ने अवस्था छैन ।

गोल बजार नगरपालिका-८ की ईन्द्रासैन महरा आफूलाई कम्तीमा चुल्होमा आगो बाल्न कहिल्यै समस्या नहुने बताउँछिन् । ‘हामी गाउँघरमा पहिलेदेखि नै गोबरबाट बनाएको गोइँठा प्रयोग गरेर खाना पकाउँदै आएका छौँ,’ उनी भन्छिन्, ‘हामीलाई धेरै समस्या हुँदैन । आफ्नै घरमा भएका पशुबाट गोबर पाइन्छ, त्यसैले गोइँठा बनाएर वर्षैभरि प्रयोग गर्न सकिन्छ ।’ सोही ठाउँकी आगैरदेवी उराउ सहरमा बस्नेले गोइँठाको महत्त्व नबुझ्ने बताउँछिन् । ‘सहर–बजारमा बस्नेलाई के थाहा ? गोइँठा केवल खाना पकाउने साधन मात्र होइन । यो हाम्रो संस्कार र परम्परासँग पनि जोडिएको छ,’ उनले भनिन् । उनी विवाह, चाडपर्वदेखि मृत्यु संस्कारसम्मका धार्मिक तथा सामाजिक कार्यमा पनि गोइँठाको प्रयोग हुने बताउँछिन् ।

ग्यासमा भन्दा गोइँठाबाट पकाइएको खाना स्वादिलो लाग्ने उराउको अनुभव छ । ‘हामीलाई त ग्यासमा पकाएको भन्दा यही गाेइँठामा पकाएको खाना मीठो लाग्छ । त्यो ग्यासमा एकै चोटि उम्लिएको खाना के मीठो हुनु,’ उनले भनिन् । अहिले बजारमा ग्यासको अभाव भएको आफूले सुनेको बताउँदै उनले आफूलाई भने चुल्हो बल्न समस्या नभएको बताइन् । पशुपालनमा सक्रिय यहाँका मधेशका ग्रामीण जनतालाई केही दिन मात्रै मेहनत गरेर बनाएको गोइँठाले वर्षभरि खाना पकाउन पुग्छ । यहाँका महिलाले गोबरलाई हातले आकार दिई भित्ता तथा जमिनमा टाँसेर सुकाउँछन् । सुकेपछि त्यसलाई भण्डारण गरेर बर्सभरि प्रयोग हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
विद्याकी छोरी उषा भन्छिन्– च्यासल प्रकरणबाट अचम्मित छैन
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय