सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो ।
कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए । तर गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रियसभा अध्यक्ष जित्न बहुमत पुग्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment