शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सारांश

  • शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ ।
  • कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।
  • कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.

२६ फागुन,काठमाडौं ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने २ लाख २२ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो ।

यसैगरी १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ । अब कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि   आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी
इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी