सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
७८ पटक हेरिएको
Shares
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् ।
  • अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् ।
  • श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।

 

२४ फागुन,सिराहा ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत, जनता समाजवादी पार्टी नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारतर्फ जनमत पार्टीका रोहित महतोले ८२० मत तथा उज्यालो नेपाल पार्टीका श्रवण पासवानले ५७० मत प्राप्त गरेका छन् । यससँगै सिराहा क्षेत्र नं. ३ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ
पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु