२३ फाल्गुन २०८२, शनिबार

सुर्खेत २ मा रास्वपाले लियो अग्रता

 

२२ फागुन,सुर्खेत ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेकपा एमालेलाई उछिन्दै रास्वपाले अग्रता लिएको छ । यहाँको ५ हजार ८७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको हो । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना हुँदा एमालेले अग्रता लिईरहेको थियो । नरसिंहकाँडा, चौकुने १ र ३, बिजौरा, बोला, ५, ६,७,८ को मतगणना हुँदा रास्वपाका रमेशकुमार सापकोटाले अग्रता लिएका हुन् ।


रास्वपाका सापकोटाले एक हजार ६६६ मत ल्याएर अग्रता लिँदा एमालेका कुलमणी देवकोटाले एक हजार ५९९ मतले पछणयाईरहेका छन् । नेपाली कांग्रेसका नारायण कुमार सापकोटाले एक हजार २९३ मत ल्याएका छन् भने नेकपाका झकबहादुर मल्लले ८६९ मत ल्याएका छन् ।

Post Comment

छुटाउनुभयो कि ?