ठगी आरोपमा झापामा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
ठगी आरोपमा झापामा एक जना पक्राउ

सारांश

  • नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।
  • उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए ।

 

१३ फागुन,झापा ।

नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए ।

 

जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए । प्रहरीका अनुसार किशोरीको नाममा पटक पटक रकम मगाएर उक्त पैसा आफूले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?