संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
५९ पटक हेरिएको
Shares
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् ।
  • सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए ।
  • उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए ।

२६ माघ, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए । उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ ।

नेपालको संविधान जारी भएपछि हालसम्म १४६ वटा छुटछुट्टै ऐनहरु जारी भएको अवस्था छ । यसैगरी मौजुदा ऐनहरुलाई नेपालको संविधान अनुकुल बनाउन तथा संघीय शासन प्रणाली बमोेजिम सुधार गर्न विभिन्न मितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनहरु जारी भएका छन् ।’ मन्त्री सिन्हाले मौजुदा ऐनहरूलाई संविधानअनुकूल र संघीय शासन प्रणालीअनुसार सुधार गर्न विभिन्न मितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन’हरू जारी गरिएको बताए । ती संशोधनमार्फत प्रचलित ऐनहरूलाई संविधान र संघीयताको मर्मअनुसार परिमार्जन गरिएको उनले स्पष्ट पारे । साथै, प्रचलित नेपाल कानुनमा आवश्यक सुधार तथा परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्दै आएको मन्त्री सिन्हाले बताए । उनले भने, ‘विभिन्न मितिमा जारी भएका केही ऐनलाई संशोधन गर्ने ऐनहरुबाट प्रचलित ऐनहरुलाई नेपालको संविधान र संघीयता अनुकुल बनाइएको छ । प्रचलित नेपाल कानुन ऐनहरुमा गर्नुपर्ने सुधार तथा परिमार्जनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल सरकारका अन्य मन्त्रालयहरुसँग आवश्यक समन्वय समेत गर्दै आएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृ*त्यु
पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृ*त्यु
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै