Press 4K
बिहिबार, ४ आषाढ २०८३

सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
  • इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो।
  • पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२६ माघ, रौतहट ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो। पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान गरी भन्सारबाट ‘स्कारपियो’ गाडी मिलाइदिने भन्दै उनले १ लाख ५० हजार रुपैयाँ र कागजात लिएकी थिइन्। सन्तोष विश्वकर्माको ज्वेलर्सबाट २ लाख ७४ हजार बराबरको गहना र प्रवीण साहको किराना पसलबाट १ लाख २६ हजार बराबरको सामान तथा गाडी भाडा नतिरी ठगी गरेको आरोप छ।

सापटीका नाममा ठगी गरेको पनि पाइएको छ । उनी गुजरा नगरपालिकाका विजय साह बनियाँसँग घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिई फरार भएकी थिइन् पीडितहरूको उजुरीका आधारमा उनलाई चन्द्रपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रूपा लाबुङका अनुसार महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...