७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाइयो

सारांश

  • निर्वाचन आयोगले ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ ।
  • आयोगका अनुसार, चारजना उमेर नपुगेका, एकजना मतदाता नामावलीमा नाम नभएका छन् ।
  •   २१ कालोसूचीमा, १२ जरिवाना नतिरेका, एकजना  महिला पेस गर्नुपर्नेमा पुरुष गरेकोमा हटाइएको छ ।

काठमाडौं ।

निर्वाचन आयोगले ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ । आयोगका अनुसार, चारजना उमेर नपुगेका, एकजना मतदाता नामावलीमा नाम नभएका छन् ।  २१ कालोसूचीमा, १२ जरिवाना नतिरेका, एकजना  महिला पेस गर्नुपर्नेमा पुरुष गरेकोमा हटाइएको छ । दोहोरो उमेदवार, जो प्रदेशतर्फको समानुपातिक बन्दसूचीमा रहेका २६ जनाको नाम हटाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

“०७९ को निर्वाचनमा उमेदवार भई खर्च विवरण सार्वजनिक नगरेपछि आयोगले जरिवाना लगाएको थियो, त्यो जरिवाना नबुझाई अहिले उमेदवार बनेकालाई समानुपातिक बन्दसूचीबाट हटाइएको हो,” भट्टराईले भने ।
आयोगले गत माघ ४ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत  समानुपातिकतर्फका उमेदवारहरूको सूची सार्वजनिक गरेको थियो । समानुपातिकतर्फ दलहरूले बढीमा ११० जनासम्म उमेदवारको सूची आयोगमा बुझाएका थिए । समानुपातिकतर्फ ११० जना उमेदवार विजयी हुने व्यवस्था छ । समानुपातिक बन्दसूचीमा कुल ३२ सय १३ उमेदवारको नाम आयोगले सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने दुई करोड आठ लाख ५४ हजार ८००  मतपत्र छपाइ समेत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बल्खुमा झडप, केही प्रदर्शनकारी घाइते
बल्खुमा झडप, केही प्रदर्शनकारी घाइते
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति